समाचारशनिबार, कार्तिक २, २०७०
नायक भुवन केसी नेता नेपालसँगै चुनाव प्रचारमा
एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवारको चर्चामा रहेर पनि समानुपातिकतर्फको प्रस्तावित उम्मेदवार बनेका नायक भुवन केसी २ कात्तिकमा एमाले वरिष्ठ नेता एवम् काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालको घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
नेता नेपाल र नायक केसी एमालेलाई मत माग्दै काठमाडौँ महानगरपालिका वडा नं ३५ मा घरदैलो अभियानमा हिँडेका थिए ।
नेता नेपालले गत संविधानसभा निर्वाचनमा जनताले ‘नयाँ माल छान्दा’ एमाओवादीलाई भ्रमवश मत दिएको र अहिले गल्ती भएको महशुस गरेको बताए ।
विगठित संविधानसभामा एमाओवादी आफैंले गरेका सहमतिबाट पछि हट्नु संविधान बन्न नसक्नुको मुख्य कारण रहेको भन्दै एसपटक जनताले एमालेलाई सबैभन्दा ठूलो पार्टी बनाउने पनि नेता नेपालको दाबी छ ।
रासस

