समाचारआइतबार, कार्तिक ३, २०७०
दुई उम्मेदवारसहित १७ जुवाडे पक्राउ
विराटनगरमा जुवा खेल्दै गरेका क्षेत्र नं ७ का नेपाल जनता पार्टीका तर्फबाट उम्मेदवार समुद्रमणी कोइराला र मधेशी जनअधिकार फोरम मधेशका चन्द्रकुमार मण्डलसहित १७ जनालाई २ कात्तिक राति कोइरालाकै घरबाट पक्राउ गरे पनि प्रहरीले विहान छोडेको छ ।
विराटनगर–४ का समुद्रमणि कोइरालाको घरमा जुवा चलिरहेको सुराकीका आधारमा प्रहरीले राति ११ बजे छापा मारेको थियो ।
रासस
