समाचारआइतबार, कार्तिक ३, २०७०

लोकमानविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

हिमालखबर

तस्वीर साभार: सेतोपाटी

दशैंको अष्टमीका दिन गोरखाको गोरखकाली मन्दिर दर्शनका लागि पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले मन्दिर दर्शन गरेपछि उनको खुट्टा प्रहरीले धोइदिएको तस्वीर र समाचार सार्वजनिक भएको थियो ।

पत्रकारद्वय बाबुराम आचार्य र पर्वतराज घिमिरेले प्रहरीलाई खुट्टा धुवाएर पदको दुरुपयोग गरेको भन्दै ३ कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । तर, रिटमा संवैधानिक र कानूनी प्रश्न नउठाइएको भन्दै सर्वोच्च्चले उक्त रिट दरपीठ (दर्ता गर्न नमिल्ने) भएको जनाएको आचार्यले हिमालखबरलाई जानकारी दिए ।

आफ्नो पदको दुरुपयोग गरी राष्ट्रसेवक सुरक्षाकर्मीलाई खुट्टा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको भन्दै आचार्यले थपे, “रिट निवेदन दरपीठ गरिएकोविरुद्ध भोली पुनः सर्वोच्च अदालतमा निवेदन दिनेछौं ।”

कार्कीको कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हकमा समेत कुठाराघात गरेको भन्दै रिटमा लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न माग गरिएको पनि आचार्यले जानकारी दिए ।

————————————————————————————————————————————–

खुट्टा धुवाउने लोकमानविरुद्ध सर्वोच्चमा रिट

पदको दुरुपयोग गरी प्रहरीबाट खुट्टा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

हिमालखबर
आईतबार , ३ कात्तिक २०७० ४:५४ पम

दशैंको अष्टमीका दिन गोरखाको गोरखकाली मन्दिर दर्शनका लागि पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले मन्दिर दर्शन गरेपछि उनको खुट्टा प्रहरीले धोइदिएको तस्वीर र समाचार सार्वजनिक भएको थियो ।

पत्रकारद्वय बाबुराम आचार्य र पर्वतराज घिमिरेले प्रहरीलाई खुट्टा धुवाएर पदको दुरुपयोग गरेको भन्दै ३ कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् । तर, रिट अध्ययनकै क्रममा रहेकाले दर्ता भइसकेको छैन ।

आफ्नो पदको दुरुपयोग गरी राष्ट्रसेवक सुरक्षाकर्मीलाई खुट्टा धुन लगाउनु सम्पूर्ण नेपाली र प्रहरीको अपमान भएको रिट निवेदनमा उल्लेख छ ।

उक्त कार्यले प्रहरी ऐन, संविधानले दिएको मौलिक हकमा समेत कुठाराघात गरेको भन्दै रिटमा लोकमानलाई निलम्बनसहित हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>