थप समाचारआइतबार, कार्तिक ३, २०७०
सेनाको ट्रक दुर्घटना हुँदा १० घाइते
निर्वाचन सुरक्षाका लागि इटहरीबाट धनकुटाको हिले बाहिनीतर्फ गइरहेको नेपाली सेनाको गाडी धनकुटाको मालबासेमा ३ कात्तिक दिउँसो ३ बजे दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।
धनकुटाको २ नं. हिले बाहिनीतर्फ गईरहेको नेपाली सेनाको लु १ ग ९६ नं. को मिनीट्रक विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई साइड दिने क्रममा बे्रक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार नेपाली सेनाका १७ जना मध्ये ९ जना घाईते भएको भेडेटार प्रहरी चौकी धनकुटाका इन्चार्ज सई भक्तबहादुर सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार घाईतेमध्ये टाउकोमा चोट लागेका ट्रक चालक प्युठ मनीराज अधिकारीको अवस्था
मोटरसाइकल चालक रमेश शाही पनि घाईते भएका छन् ।
घाइतेहरुको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
सन्तोष रुचाल, धनकुटा
