समाचारसोमबार, कार्तिक ४, २०७०
जातीय संघीयता झनै भयानकः केसी
राष्ट्रिय जनमोर्चा दाङले ३ कात्तिकमा दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष केसीले विगतमा संघीयताको मुद्दामा सहमति हुन नसक्दा संविधान नबनेकोले यसपटक संघीयताको मुद्दालाई खारेज गर्नु पर्ने बताएका छन् ।
उनले मुलुकले कुनै हालतमा संघीयता थेग्न नसक्ने दाबी गरे । आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणबाट समेत नेपालमा संघीयता आवश्यक नभएको तर्क गर्दै केसीले ‘विदेशीले थोपरेको संघीयता को अजेण्डा’ ले देश टुक्रिने जिकिर गरे ।
अध्यक्ष केसीले एमाओवादिले उठाएको जातीय सघीयताको मुद्दा अझै बढी भयानक हुने समेत बताए ।
मुलुकलाई वर्तमान संक्रमणकालबाट निकास दिने एकमात्र वाटो निर्वाचन भएको बताउँदै केसीले संघीयता खारेजीको अजेण्डालाई लिएर आफुहरु चुनावमा होमिएको बताएका थिए ।
देविका घर्ती मगर, दाङ
