थप समाचारसोमबार, कार्तिक ४, २०७०
उम्मेद्वार लखेट्न लिखित निर्देशन
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काभ्रेका ३ नगरपालिका र ८७ वटा गाविसमा पार्टी संगठनलाई चुनवा प्रचारमा आउने उम्मेदवारहरुलाई लखेटन लिखित निर्देशन दिएको छ ।
“केन्द्रिय सर्कुलर अनुसार नै गाउँ तहसम्म निर्देशन दिएका हौं” नेकपा–माओवादीका जिल्ला इञ्र्चाज दिपक देवकोटाले भने, “कार्यकतालाई भोट माग्न आएका उमेदवारलाई गाउ“ प्रवेश गर्न रोक लगाउने र त्यसको उल्लंघन गरेमा गाउ“बाट लखेटन निर्देशन दिइएको छ ।”
यसैबीच चुनावी अभियान लिएर क्षेत्र नं ४ अन्तर्गत कोशीपारी क्षेत्रको भ्रमणमा रहेका एमाओवादी क्षेत्र नं. ४ का उम्मेदवार नारायण बानिया“ र समानुपातिकतर्फका उम्मेदवार गोबिन्दनाथ उप्रेती लगायतको टोलीलाई नेकपा–माओवादीका कार्यकर्ताले सिमथलीबाट लखेटेका छन ।
स्थानीयका अनुसार एमाओवादी नेता उप्रेतीको गाडीमा पनि नेकपा–माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । माओवादी इञ्चार्ज बानियाँले भने स्थानीय युवाहरुसँग विद्युत समस्याको विषयमा सामान्य कुराकानी भएको र आक्रमण नगरिएको बताएका छन् ।
एमाले कार्यकर्तामाथि एमाओवादीको आक्रमण
निर्वाचनका विषयमा वादविवाद हुँदा एमाओवादीका कार्यकर्ताले नेकपा एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
काभ्रेको पा“चखाल ६ स्थित बोक्से दोभानको एक होटलमा एमाओवादी र एमालेका कार्यकर्ता बिच कुटाकुट भएको हो ।
कुटपिटबाट जैसीथोक ३ का एमाले कार्यकर्ता यज्ञप्रसाद न्यौपाने घाईते भएका छन् । दाँत भाँचिएका न्यौपानेको काठमाडौस्थित हेल्पिङ हयान्स् अस्पतालमा उपचार भइरहेको छ ।
न्यौपानेका अनुसार, जैसीथोक ९ का एमाओवादी कार्यकर्ता जयराम अधिकारीले उनमाथि आक्रमण गरेका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
