थप समाचारसोमबार, कार्तिक ४, २०७०
थापाले भने, ‘हिन्दू राष्ट्र बनाउने अवसर आएको छ’
गोरखाबाट राप्रपा नेपालले शुरु गरेको ‘राष्ट्रिय एकता यात्रा’का क्रममा तनहुँ आईपुगेका अध्यक्ष थापाले मुलुकलाई पुनः हिन्दू राज्य बनाउने यो नै एकमात्र अन्तिम अवसर भएको भन्दै आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन् ।
४ कात्तिकमा गोरखाबाट शुरु भएको यात्राका क्रममा गोरखा बजार, तनहुँको आँबुखैरेनी र दमौलीमा सभा गरिएको थियो । सम्बोधनका क्रममा थापाले पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको अभियान थालेकाले आफूहरुले पनि नेपाललाई अखण्ड राख्नका लागि गोरखाबाट यात्रा थालेको बताए ।
नेपाललाई संघीय प्रणालीमा लगिए मुलुक टुक्राटुक्रा हुने दाबी गर्दै थापाले आफूहरुले यही एजेण्डा लिएर चुनाबमा होमिएको बताए ।
उनले मूलुकमा संबैधानिक राजतन्त्र पुनस्र्थापना भएमा राष्ट्रको अखण्डता बलियो हुनेसमेत दाबी गरेका थिए ।
पवन पौडेल, तनहुँ
