समाचारमंगलबार, कार्तिक ५, २०७०
भागेका म्यादी प्रहरीको चक्काजाम
तलब सुविधा तोकिएभन्दा कम भएको भन्दै छनोट भएर पनि कार्यक्षेत्रमा नगएका म्यादी प्रहरीले ५ कात्तिकमा नुवाकोटको बट्टार बजारमा एक घन्टा जक्काजामको आयोजना गरेका थिए । प्रहरीले उनीहरुमाथि हस्तक्षप गरी चक्काजाम खुलाएको छ ।
चक्काजाम गर्नेमध्येका म्यादी विदुर नगरपालिका– ३ का गणेकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि सार्वजनिक मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कुशनकुमार बस्नेतले बताए ।
सरकारले उपलब्ध गराउने सेवा सुविधामा कमी भएको भन्दै म्यादी प्रहरी काम छाडेर घर फर्किएका छन् । नुवाकोटबाट एक सय ३ जना र धादिङबाट १५ जनाभन्दा बढीले म्यादी प्रहरीको जिम्मेवारी छाडेर सोमबार दिउँसो फर्किएका हुन् ।
रासस
