समाचारमंगलबार, कार्तिक ५, २०७०

जिप दुर्घटनामा आठको मृत्यु (अपडेट)

हिमालखबर

म्याग्दीको नागीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ५१२० नम्बरको जिप पर्वतको लेखफाँट गाविसस्थित धौलापहाड भन्ने स्थानबाट सडकबाट ५०० मिटर तल खस्दा आठ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा चालक धाइरिङ– ५ का २२ वर्षीय पृथ्वी पुन, शालिजा– ६ की सात वर्षीया बालिका आयुष्मा पुन, शालिजा– ६ कै १८ वर्षीया ज्ञानमाया पाइजा, लेखफाँट– ९ शङ्कर वीर फकामी, तनहुँ एक्लेफाँटकी मनमाया पुर्जा र गोरखाका भीमबहादुर थापा रहेका छन् ।

घाइते आठको म्याग्दी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लािग पोखरा लगिएको छ भने बालिका आयुष्मा पुनको म्याग्दी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

बारीवेनी नागी सडकखण्डमा उक्त दुर्घटना भएको थियो । कच्ची भिरालो सडकमा अनियन्त्रित भई गाडि दुर्घटना भएकोे प्रहरीले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>