समाचारबुधबार, कार्तिक ६, २०७०
बस दुर्घटनामा पाँचको मृत्यु, ८ को अवस्था गम्भीर
धरानवाट काठमाडौंका लागि हिंडेको बस ६ कात्तिक बिहान चितवनको चण्डीभज्याङ–१ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी सञ्जय रावतका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । घाइते ४३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने एक जनालाइ काठमाडौं पठाइएको छ ।
३ जना बसमा च्यापिएकाले उनीहरुको अवस्थाका बारेमा केही भन्न नसकिने प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं दिल्ली चल्ने बा २ ख ९८८७ नं को साइ सफारी डिलक्स यात्रुको चाप वढी भएकाले धरानको प्राइम ट्राभल्सले धरान–काठमाडौं रुटमा चलाएको थियो ।
मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन ।
सीता मादेम्बा, धरान
