समाचारबुधबार, कार्तिक ६, २०७०
दहालले भने, ‘एमाओवादीलाई जिताउनुको विकल्प छैन’
काठमाडौं क्षेत्र नम्वर १० का उमेद्वार पुष्पकमल दाहालले ६ कात्तिकमा कीर्तिपुरको न गाउँवाट शुरु गरेको घर दैलो अभियानमा स्थानियबासीले पहिलो संविधानसभावाट संविधान बन्न नसक्नुको कारण सोधेका थिए । दाहालले संक्षिप्त प्रतिक्रिया दिंदै निर्वाचनपछि संविधान बन्ने जिकिर गरे । उनले एमाओवादीलाई विजयी गराउनुको विकल्प नभएको बताए ।
घरदैलो अभियान विभिन्न वडा हुँदै नयाँबजारमा पुगेर समापन भएको थियो ।
