समाचारबिहीबार, कार्तिक ७, २०७०
पर्यवेक्षणका नाममा पर्यटन भइरहेको छः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष समेत रहेका सुवोध प्याकुरेलले ६ कात्तिकमा झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै अघिल्लो संबिधानसभा निर्वाचनमा ६० भन्दा बढी ठाँउमा धाँधली भइरहेको प्रमाणसहित सरकारलाई जानकारी गराँउदा समेत तत्कालिन सरकारले बेवास्ता गरेको बताएका छन् । उनले अहिलेसम्म निर्वाचन पर्यवेक्षण गर्ने अधिकांश संस्थाहरुले हचुवाको भरमा प्रतिक्रिया दिने गरेको बताए ।
“मतदाता संख्याभन्दा पनि ज्यादा मत पाएर कोही उम्मेद्वारले जिते” प्याकुरेलले भने, “परिचयपत्र भएकालेमात्र भोट हाल्न पाउने भएकोले यसपालि त्यति साह्रो विकृती नआउला ।”
प्याकुरेलले आगामी संबिधानसभा निर्वाचनमा इन्सेकले तिनसय बढी संबेदनशिल ठाँउमो अनुगमन गर्ने जानकारी दिए । उनले मध्य र पूर्वी तराईका त्यस्ता संवेदनशिल स्थानमा इन्सेकको गहिरो अनुगमन हुने बताए ।
बिधिको शासन स्थापनाका लागि आसन्न संबिधानसभा निर्वाचनमा जनताको जाँगरिलो र सचेत सहभागिता जरुरी रहेको प्याकुरेलले बताएका थिए ।
गोपाल गडतौला, झापा
