थप समाचारबिहीबार, कार्तिक ७, २०७०

सेनालाई भारतबाट हतियार र बख्तरबन्द गाडीे

हिमालखबर

८–१२ अप्रिलमा भारतको बैंगलोरमा सम्पन्न नेपाल–भारत द्विपक्षीय परामर्श समूहको दशौं बैठकमा सहमति भए अनुसारको सैन्य सामाग्रीहरु मध्ये केही सामाग्री छिटै प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

२०६१ साल देखि रोकिएको घातक हतियार लगायत सैन्य सामाग्रीहरुको आपूर्ति भारतले बन्द गरेकोमा पहिलो पटक उक्त सैन्य सामाग्रीहरु दिन सुचारु गरेको र संविधानसभा निर्वाचन अगावै ति सामाग्रीहरु प्राप्त हुने नेपाली सेनाले जनाएको छ ।

प्राप्त हुने सैनिक सामाग्रीहरुमा हलुका सवारी साधन २१६, सैनिक ढांचाका ठूला ट्रक १५४ वटा एमपीभी (बख्तरबन्द गाडी) २५, एम्बुलेन्स २५ र केही हतियार प्राप्त हुने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>