समाचारबिहीबार, कार्तिक ७, २०७०

डा. वाग्लेको निधन

हिमालखबर

राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा उपचारका क्रममा डा. चित्रप्रसाद वाग्लेको निधन भएको छ ।

अस्पतालका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा डा. वाग्लेको निधन भएको हो ।

एपेन्डिक्सको क्यान्सरबाट थलिएपछि उनले १४ महिनासम्म भारतको राजधानी दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएका थिए । त्यहाँका चिकित्सकले उपचार असम्भव भएको र थप उपचार गराउने भए अमेरिका जान सल्लाह दिएपछि उनी करिब एक महिनाअघि नेपाल फर्केका थिए । रकमको अभावमा उनी अमेरिका जान भने सकेनन् ।

अर्घाखाँची जिल्लामा १२ बर्षभन्दा बढी सरकारी अस्पतालको प्रमुख भएर सेवा पुर्‍याएका ४४ वर्षीय वाग्लेले उपचारमा आफ्नो भएभरको धनसम्पत्ति सिध्याइसकेका थिए । पछिल्लो समय उनलाई शुभेच्छुकहरुले रकम संकलन गरेर सघाउँदै आएका थिए ।

रुसको उज्वेकिस्तानबाट एमबीबीएस  गरेका वाग्लेले विश्व स्वास्थ्य संगठनको कोटामा डेढ वर्षअघि बैंककमा एमडी गर्न गएका बेला आफूमा क्यान्सर रोग लागेको थाहा पाएका थिए ।

उपचार खर्च जुटाउन उनले आफूसँग रहेका एक्सरे मेसिन, अन्य औजार समेत बिक्री गर्नु परेको थियो ।

दुर्गम क्षेत्रमा रहेर विरामीको सेवा गर्न रुचाउने डा.वाग्लेले अर्घाखाँची सरकारी अस्पतालाको विकास र विस्तारमा ठूलो सहयोग पुर्‍याएका थिए ।

पछिल्लो समय उनले आफू बाँच्न सके कुनै ग्रामिण स्वास्थ्य चौकी वा आश्रममा रहेर सेवा गर्ने सोच रहेको बताउँथे ।

वाग्लेका दुई स–साना छोरी, एक छोरा र श्रीमती छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>