समाचारबिहीबार, कार्तिक ७, २०७०
उम्मेदवार कुटिए
चुनाव प्रचारप्रसार क्रममा राति १० बजेतिर सप्तरीको खोजपुर–७ स्थित रञ्जीतपुर पुगेका माले समाजवादीका उम्मेदवार सिंहेश्वरप्रसाद साहमाथि युवाको एक समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट नाक, मुख र खुट्टामा गम्भीर चोट लागेका सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चलमा उपचार भइरहेको छ ।
कुटपिट भइरहेको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा खोजपुर गाविसका श्रवण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
रासस
