समाचारबिहीबार, कार्तिक ७, २०७०
दाहालको कार्यक्रम विथोल्न खोज्ने पक्राउ
नेकपा–माओवादीका कार्यकर्ताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ७ कात्तिकमा धनकुटा आउने भएपछि उनको कार्यक्रम विथोल्न भन्दै कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारदेखि सिधुवाबजारसम्म दर्जनौ स्थानमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारी धनकुटाका जिल्ला अध्यक्ष मिलन बास्तोला र पार्टी सदस्य दिपपाल राईलाई प्रहरीले पक्राउ गरेको नेकपा–माओवादीका राज्य समिति सदस्य सुवासले बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने कडा सुरक्षाका बीच धरानमा कार्यक्रम गरी धनकुटाहुँदै तेह्रथुम गएका छन् ।
नेकपा–माओवादीले रुख ढालेर गरेको अवरोधलाई विहानै नेपाल प्रहरीको टोलीले हटाएको थियो ।
सन्तोष रुचाल, धनकुटा
