थप समाचारबिहीबार, कार्तिक ७, २०७०

कांग्रेस र सदभावनाबीच धनुषामा झडप

हिमालखबर

दुवै पार्टीका उम्मेदवारसहितका कार्यकर्ताहरुको जुलुश घरदैलो कार्यक्रम गर्न एकैठाउँमा पुगेपछि झडप भएको स्थानियवासीले बताएका छन् ।

घरदैलो कार्यक्रमका लागि नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव र सदभावना पार्टीका उम्मेदवार सञ्जय साह आ–आफ्ना कार्यकर्तासहित कुर्था पुगेका थिए सोही क्रममा दुवै पक्षले एकअर्काविरुद्ध नारावाजी गर्न थालेपछि सामान्य झडप भएको थियो ।

सद्भावनाका कार्यकर्ताले कांग्रेसका नेताहरुको विरोधमा बोलेपछि कांग्रेसीहरुले हात छाडेको र तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ ।

समयमै प्रहरी पुगेर बिचबचाव गरेपछि घटनाले ठूलो रुप लिन नपाएको धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले बताए ।
उम्मेदवारहरुको घरदैलो कार्यक्रममा झडप हुने सम्भावना बढी भएपछि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको पुरीले जानकारी दिए ।

मनिका झा, जनकपुरधाम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>