थप समाचारशुक्रबार, कार्तिक ८, २०७०
एमाले सचिव पोख्रेलको गाडी तोडफोड
नेकपा एमाले सचिव एवम् दाङ क्षेत्र नं. ४ बाट एमालेका उम्मेदवार शंकर पोख्रेलको रा १ ज २७६ नम्बरको गाडीसहित चुनावी सभामा पुगेका ना २ च २७३४ र लु ११ प २०६९ नम्बरको मोटरसाइकल नेकपा–माओवादीका कार्यकर्ताले तुलसीपुरमा तोडफोड गरेका छन् ।
तुलसीपुर बजारमा ८ कात्तिक बिहान चुनावी सभा भइरहेका बेलामा मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताहरुले गाडी तोडफोड गरेका हुन् । पोख्रेलले तुलसीपुर नगरपालीकाको नयाँ वसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेेक्रममा कार्यक्रम स्थलमै तोडफोड गरेका हुन् ।
चुनावी सभालाई विथोल्नका लागि नेकपा माओवादीका तिलक योगीको नेतृत्वमा आएका करिव एकदर्जन कार्यकर्ताले प्रचार प्रसारका लागि प्रयोग भएका ४ वटा मोटरसाईकलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
“कार्यक्रम स्थलमा प्रवेश गरेर कार्यक्रम सञ्चालन हुनै लाग्दा उनीहरुले चुनाव विरोधी नारा लगाउदै एकाएक गाडीमा आक्रमण गरेका थिए ” एमाले क्षेत्र नम्वर ४ इन्चार्ज मनोहर वुढाथोकीले वताए ।
पोख्रेलमाथि आक्रमणको प्रयास
उनीहरुले पोख्रेललाई नै आक्रमणको निशाना वनाएपनि निजी सुरक्षागार्डले त्यसलाई विफल तुल्याएका थिए । आक्रमणवाट पोख्रेल र कार्यकर्ता चढ्ने दुवै गाडीका सिसा फुटेको छ ।
गजेन्द्र बोहरा, दाङ
