थप समाचारशुक्रबार, कार्तिक ८, २०७०

नेकपा–माओवादी राजनीतिक दल नै होइनः गृहमन्त्री घिमिरे

हिमालखबर

८ कात्तिकमा काभ्रेको धुलिखेलमा आयोजित मध्यमाञ्चल स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन बहिस्कार गर्नेे नेकपा–माओवादीले जनताको अधिकार कुण्ठित पार्न खोजेको र गैरराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् ।

उनले भने, “राजनीतिक दल हुन निर्वाचन आयोगमा दर्ता हुन पर्दछ, नेकपा-माओवादीले राजनीतिक व्यवहार समेत देखाउन सकेको छैन । “उनले थपे, “कुनै पनि शक्तिले चुनाव विथोल्ने त के, त्यसक्रममा सिन्का समेत भाच्न सक्दैन ।” निर्वाचन विथोल्न खोज्ने कसैलाई पनि नछाडिने उनले चेतावनी दिए ।

निर्वाचनमा भाग लिने वा नलिने जो सुकै भए पनि गैरराजनीतिक वा लोकतन्त्रविरोधी कृयाकलाप देखाउनेलाई कार्वाही गर्ने गृहमन्त्री घिमिरेले बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनको अघिल्लो दिनसम्म भए पनि मतदाताको हातमा परिचयपत्र पुर्‍याउने जानकारी दिए ।

गोष्ठीमा बाग्मती अञ्चलका ८ जिल्ला र जनकपुर अञ्चलका रामेछाप र दोलखा जिल्ला गरी १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, राष्टिय अनुसन्धान विभागकाका प्रमुखहरुको सहभागिता छ ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>