समाचारशनिबार, कार्तिक ९, २०७०

आयोगले एमाओवादी उम्मेदवारको होर्डिङबोर्ड हटायो

हिमालखबर

उम्मेदवारहरुले आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गर्न थालेपछि निर्वाचन आयोगले त्यसमा रोक लगाउन शुरु गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी पुत्री एवम् काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रेणु दाहालले काठमाडौंको नयाँबानेश्वरमा निर्वाचन प्रचारप्रसार कार्यालयको स्थापना गरी आचारसंहिताले तोकेकोभन्दा निकै ठूलो साइजमा होर्डिङ बोर्ड राखेको फेला परेपछि निर्वाचन कार्यालयले त्यसलाई हटाएको छ ।

काठमाडौं जिल्ला निर्वाचन कार्यालयले दाहालले राखेको होर्डिङ बोर्ड हटाएको हो । उम्मेदवार दाहालले भने आफूलाई आचारसंहिता थाहा नभएको र निर्वाचन आयोगले सर्कुलर जारी नगरेको दाबी गरिन्।

तर, काठमाडौं जिल्ला निर्वाचन मुख्य अधिकृत अच्युत विष्टले आचारसंहिता आफैंमा कानून भएको भन्दै उम्मेदवारले थाहा भएन भन्न नपाइने बताए । उनले आचारसंहिता विपरित राखिएको बोर्ड हटाउन पटकपटक आग्रह गर्दा पनि अटेर गरेको बताए ।

निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गर्नेहरुको उम्मेदवारी खारेजसम्म गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>