समाचारशनिबार, कार्तिक ९, २०७०
एमाओवादी उम्मेदवार ढुंगेलविरुद्ध उजुरी
व्यक्ति हत्याको अभियोगमा सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका बालकृष्ण ढुंगेललाई एमाओवादीले समानुपातिकतर्फको संविधानसभा सदस्य उम्मेदवार बनाएपछि उनको उम्मेदवारी खारेजीको माग गर्दै एमाले युवा नेतृ रामकुमारी झाक्रीले उजुरी दिएकी छन् ।
एमालेबाट समानुपातिक उम्मेदवारसमेत रहेकी झाँक्रीले ८ कात्तिकमा निर्वाचन अयोगमा उजुरी दर्ता गराएकी हुन् ।
ढुंगेलकाविरुद्ध दाबी विरोध परेको आयोगले जनाएको छ। आयोग प्रवक्ता वीरबहादुर राईले एमाओवादीको बन्दसूचीमा रहेका ढुंगेलका विषयमा दाबी विरोध परेको जानकारी दिंदै त्यसबारेमा छानबिन भइरहेको बताए ।
अन्तरिम संविधान तथा निर्वाचन कानुनमा फौजदारी अभियोग प्रमाणित भएर सजाय सुनाइएका व्यक्तिहरु आजीवन निर्वाचन लड्नका लागि अयोग्य हुने प्रावधान छ । एमाओवादीले व्यक्ति हत्यामा सर्वोच्चद्वारा दोषी ठहर्याइएका ढुंगेललाई उम्मेदवार बनाएको छ।
अन्तरिम संविधानको धारा ६५ ले फौजदारी अभियोगमा सजाय सुनाईएका ब्यक्तिले संविधानसभाको निर्वाचनमा भाग लिन नपाउने ब्यवस्था छ ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका १ सय २२ दलका ११ हजारभन्दा बढी उम्मेदवारमध्ये ढुंगेलका विरुद्ध पहिलो उजुरी परेको हो ।
आफन्त गुमाएकाहरुको पीडा

