समाचारआइतबार, कार्तिक १०, २०७०

चितवनमा मतदाता शिक्षा सामाग्री जलाईयो

हिमालखबर

निर्वाचन कार्यालय चितवनले शुक्रनगर गाविसमा पठाएको मतदाता शिक्षा सामाग्री १० कात्तिक राति भवनको ताला फोडेर जलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सामाग्री कस्ले जलायो भन्ने खुल्न नसकेको पनि प्रहरीले बताएको छ ।

गाविस भवनबाट आधा किमी पर लगेर सामाग्रीहरु जलाईएको अवस्थामा फेला परेको चितवन प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिए । १७ सय थान हाते पुस्तक, ३ सय थान मतदातालाई मतदान सम्बन्धी सोधिने प्रश्नपत्र, ५ वटा ब्याग लगायतका मतदाता शिक्षा सामाग्री जलेको होे ।

शुक्रनगर चितवनको निर्वाचन क्षेत्र नं. ५ मा पर्छ ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>