समाचारआइतबार, कार्तिक १०, २०७०

तनहुँका डाक्टर बेलायती राजनीतिमा

हिमालखबर

बेलायतस्थित सरकारी स्वास्थ्य संस्था क्विन एलिजाबेथ हस्पिटलको क्लिनिकल गर्भनेन्स म्यानेजर पदमा कार्यरत चिकित्सक बच्चु कैलाश कैनी त्यहाँको लेबर पार्टीको डार्टफोर्ड इकाईको ट्रेड युनियनको संयोजक भएका छन् । उनले नेपाल छँदा शहीद गंगालाल राष्ट्रिय हृद केन्द्र काठमाडौंमा १० बर्ष सेवा गरेका थिए ।

सन् २००९ मा लेबर पार्टीको सदस्यता लिएका कैनीले अब पार्टीका तर्फबाट कामदारहरुका समस्या र त्यसको समाधानका बिषयमा काम गर्नेछन् । यसैगरी कामदारहरुका पक्षमा नीति निर्माणका लागि पनि पार्टीमा बहस चलाउने जिम्मेवारी आफूलाई आएको कैनीले इमेल कुराकानीका क्रममा बताए ।

संयोजक चयन भएसंगै उनी पार्टीको स्थानीय इकाईको सम्मेलनमा पनि सहभागि बन्न पाउनेछन् । यस्तै, पार्टीका तर्फबाट संसदीय चुनावमा पनि आफ्नो प्रत्यक्ष संलग्नता रहने कैनीले बताए ।

आफू विदेशमा आएर पनि राजनीतिक क्रियाकलापमा संलग्न बन्न पाएकोमा खुशी लागेको बताउने कैनी विकसित मूलुकको राजनीतिक प्रणालीका बारेमा जानकारी राख्न यस प्रकारको आवद्धताले मद्धत पुग्ने बताउँछन् ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>