थप समाचारआइतबार, कार्तिक १०, २०७०
कांग्रेसको प्रचार सामाग्री एमाओवादीले लुट्यो
९ कात्तिक राति १२ बजे एमाओवादी कार्यकर्ताहरुको समूहले नेपाली कांग्रेसको झण्डा च्यात्नुका साथै अन्य प्रचार प्रसार सामाग्री समेत लुटेर लगेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति सिन्धुलीले कडा आपत्ति जनाएको छ ।
“एमाओवादीको अप्रजातान्त्रिक र अमर्यादित कार्यको भर्त्सना गर्दै नेपाली कांग्रेस प्रचार प्रसार समितिले कडा विरोध जनाएको छ,” कांग्रेस केन्द्रीय कार्यालायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
