समाचारआइतबार, कार्तिक १०, २०७०
आगलागीबाट तीन छाप्रा ध्वस्त, २१ घाइते

फाइल तस्वीर: गत वर्ष मंसीरमा शनिश्चरे शिबिरमा भएको आगलागी जस्मा २४ छाप्रा र थुप्रै धनमान नष्ट भएको थियो ।
१० कात्तिक साँझ साढे ७ बजे शनिश्चरेस्थित भुटानी शरणार्थी शिबिरको सेकटर ‘के’ को १ नम्बर छाप्रोबाट अचानक उठेको आगोले तिनवटा छाप्रा ध्वस्त भएका छन् भने आगो निभाउने क्रममा २१ शरणार्थी घाइते भएका छन् ।
जलिरहेको छाप्रोभित्र सिलिण्डर ग्यास पडकिएका कारण उनिहरु घाइतेभएको बताइएको छ ।
घाइतेहरुलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको शिबिर उपसचिब साबित्रा वाग्लेले बताएकी छिन् । आगो निभाउने क्रममा थप तिन छाप्रा पनि भत्काइएका छन् ।
सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो निभाइएको छ ।
गोपाल गडतौला, झापा
