समाचारसोमबार, कार्तिक ११, २०७०

क्षमतवान सभासद नहुँदा संविधान बनेनः ओली

हिमालखबर

झापा–७ का एमाले उम्मेदवार ओलीले ११ कार्तिकमा दमकमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन । आफू सभासद नभए पनि  संविधानसभाको म्याद थप्न महत्वपूर्ण भूमिका निभाएको ओलीको भनाई थियो । कार्यक्रममा उनले भने, “चुनाव जिते भने संविधान बनाउँछु ।”

एक सातादेखि चुनावी प्रचारमा रहेका ओलीले आफ्नो पार्टीलाई बहुमत तथा लोकतान्त्रिक शक्तिलाई दुई तिहाई मत दिन आग्रह गरे । एमाओवादीले क्रान्तिको नाममा लुट्ने काम मात्रै गरेको उनको आरोप थियो ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>