समाचारमंगलबार, कार्तिक १२, २०७०

‘राजदूत लामालाई बर्खास्त गर’

हिमालखबर

कांग्रेस, एमालेलगायतदल र  अधिकारकर्मीसमेतले बहाल रहेका बेला भोट माग्नु राष्ट्रघाती भन्दै लामालाई राजदुतबाट तत्काल बर्खास्त गर्न खिलराज रेग्मी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राजदुत लामाले काभ्रको क्षेत्र नं १ अन्तर्गत पर्ने कोशीपारी क्षेत्रमा एमाओवादीका उम्मेदवार उम्मेद्वार सूर्यमान दोङको पक्षमा भोट माग्दै हिँडेकोबारे गाउँ समितिले पार्टी जानकारी गराईसकेको काँग्रेस जिल्ला सचिव अच्यूत पौडेलले बताए । कुटनीतिक मर्यादा बिपरित काम गर्ने राजदुत लामालाई तत्काल बर्खास्त गरी कडा कारबाही गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

बहालवाला राजदुतले पार्टीका उम्मेदवारका पक्षमा भोट माग्नु राष्ट्र, राष्ट्रिय स्वतन्त्रता र जनताप्रति घात भएको एमाले जिल्ला उपसचिव अशोक व्याञ्जुले बताए । बर्तमान सरकारले बर्खास्त नगरेमा संविधानसभा निर्वाचनपछि बन्ने सरकारले गर्नुपर्ने बताए । “बहालवाल राजदुतले कुनै पनि पार्टीको पक्षमा खुलेर भोट माग्न पाउँदैनन्” अधिकारकर्मी भोजराज तिमल्सिनाले भने, “उनलाई सरकारले कारबाही गर्न ढिलाई गर्नु हुँदैन ।”

लामाले कात्तिकेदेउराली, पोखरीचौरी लगायतका गाविसका स्थानीयसंग एमाओवादीको उम्मेदवारलाई भोट माग्दै गरेको प्रमाण सहित भेटेपछि नेकपा–माओवादीका कार्यकर्ताले कात्तिके देउरालीबाट लखटेका थिए । लामा एमाओवादीको कोटाबाट राजदुत बनेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>