समाचारमंगलबार, कार्तिक १२, २०७०

‘सद्भावना मधेशको ठूलो पार्टी बन्ने’

हिमालखबर

संघीयता, समानुपातिक प्रतिनिधित्व र समावेशीलगायतका २२ बर्षअघि सद्भावना पार्टीले उठाएका अजेन्डालाई अहिले सबैले राजनीतिक दलले स्वीकार गरेकाले आगामी पाँच वर्षभित्रै आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो दल बन्ने सदभावना अध्यक्ष राजेन्द्र महतोले जिकिर गरेका छन् ।

मधेशवादी भनिने अन्य दलहरुले मधेशका जनताको हितमा केही नगरेकाले मधेशमा सदभावनाको विजय निश्चित भएको महतोले दाबी गरे ।

उनले भने, “मुलुकका सबै भाषा, संस्कृति र भेसभूषालाई राष्ट्रिय रूपमा मान्यता दिइनुपर्ने, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व कायम गरिनुपर्ने र नागरिकता वितरण लगायतका एजेन्डा सद्भावना पार्टीकै एजेन्डा हुन् ।

पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे पनि त्यसपछिका शासकको क्रियाकलापले मुलुकको भावानात्मक एकीकरण हुन नसकेको भन्दै महतोले सदभावना पार्टी मुलुकको भावनात्मक एकीकरणमा लागेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>