थप समाचारमंगलबार, कार्तिक १२, २०७०
आचारसंहिता उल्लंघनमा कारवाही गरिंदैछः आयोग
१२ कात्तिकमा आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वीरबहादुर राईले मुलुकभर विभिन्न दलले निर्वाचन प्रचारका क्रममा गरेका आचारसंहिता उल्लंघनका घटनामा कारवाही अघि बढाएको बताएका छन् ।
आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुलाई ध्यानाकर्षण गराएकोसमेत जनाएको छ । आचारसंहिताविपरित जथाभावी टांगिएका होर्डिङबोर्ड, पर्चा पम्प्लेट हटाउने काम भइरहेको, सडक डिभिजन कार्यालय ललितपुरको सरकारी गाडी धनुषा र महोत्तरीमा मतदातालाई पैसा वितरण गर्न प्रयोग भएको उजुरी परेपछि आयोगले स्पष्टिकरण मागरेको प्रवक्ता राईले जानकारी दिए ।
त्यसैगरी आयोगले विगतको निर्वाचनमा ६ प्रतिशतभन्दा बढी मत बदर भएका २२ जिल्लाका विभिन्न क्षेत्रमा विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
१५ हजार कर्मचारी खटाएर पा“चथर, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, नुवाकोट, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बा“के, बैतडी, दैलेख र कन्चनपुरका केही क्षेत्रमा मतदातालाई प्रभावकारी शिक्षा दिन विशेष कार्यक्रम लागु गरेको राईले बताए ।
आयोगले निर्वाचनअघि वितरण गर्ने गरी मतदाता परिचयपत्र छाप्न शुरु गरेको छ भने प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । समानुपातितर्फको मतपत्र छपाईको काम भने यसअघि नै सम्पन्न भइसकेको छ ।
