थप समाचारबुधबार, कार्तिक १३, २०७०

एमाले र कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

हिमालखबर

१२ कात्तिक राति १२ बजेपछि दाङको रामपुरमा घर अगाडी पार्किङ गरिएको एमाले उम्मेदवार शान्ता चौधरीको रा १ ज ३६५ नम्बरको महिन्द्रा जीपमा आगजनी भएको छ । आगो कस्ले लगायो भन्न्े खुल्न नसकेको प्रहरीले जनाएको छ ।

“राति १० बजेसम्म त घरमा खाना खाँदा थियौं, पछि सवै कार्यकर्ताहरु सुतेपछि आगो लागेको थाहा भयो ,” चौधरीले भनिन् । गाडीको टायर जलेको छ भन्ने इञ्जन र ब्याट्रीमा क्षति पुगेको छ ।

घटनापछि विहान प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा पगेको प्रहरी टोलीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

चुनावी प्रचारका लागि बल्लतल्ल जोहो गरिएको शुभेच्छुकको गाडीमा समेत आगो लागेपछि प्रचार प्रसारमा ब्यवधान आएको चौधरीले बताइन् । “मेरो जीत सुनिश्चत हुने देखेर इष्र्याले षडयन्त्र गरिएको हो,” चौधरीले भनिन् ।

धनकुटामा कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
धनकुटा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दसन्तोषी राईले चुनावी प्रचारका लागि प्रयोग गर्दैै आएको गाडीमा पनि आगजनी भएको छ  ।

३३ दलीय मोर्चाको निर्णय अनुसार नेकपा–माओबादी, नेकपा एकीकृत र मञ्च संबद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले गाडीमा आगजनी गरेको नेकपा–माओवादी धनकुटा अध्यक्ष सन्देश बिहानीले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले आगजनी गर्ने समुहको पहिचान नभएको भन्दै खोजी कार्य जारी राखिएको बताएका छन् । आागजनी भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिव एक सय मीटरको दुरीमा मात्र रहेको छ ।

आगजनीबाट राईले प्रयोग गर्दै आएको मे १ ज २३७ नम्बरको गाडीको टायर, तथा मुनिको भागमा क्षति पुगेको छ । मंगलबार घोर्लिखर्क गाबिसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका नपा–७ संगमचोकस्थित राईकै निवास नजिक राखिएको अवस्थामा गाडीमा आगजनी भएको हो ।

राती नै आगजनी भए पनि बिहान मात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताए ।

सन्तोष रुचाल, धनकुटा र गजेन्द्र बोहरा, दांग

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>