समाचारबुधबार, कार्तिक १३, २०७०
कांग्रेस नेताहरु सवार गाडीमा ढुङ्गामुढा
१३ कात्तिकमा कांग्रेस प्रचार समिति संयोजक मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठ चढेको गाडीमा गोरखाको तीनमाने भञ्ज्याङमा एमाओवादीका कार्यकर्ताले ढुङ्गामुढा गरेको सचिव श्रेष्ठले बताएका छन् ।
एमाओवादीका कार्यकर्ताले गाडीमा ढुङ्गा हानेपछि दुवैपक्षबीच केहीबेर बादविवाद भई स्थिति तनावपूर्ण भएको थियो ।
स्थितिलाई साम्य पार्न प्रहरीले हवाई फायर गरेको मुख्य सचिव श्रेष्ठले जानकारी दिए ।

