थप समाचारबुधबार, कार्तिक १३, २०७०

पाँच व्यक्तित्वको टिकट प्रकाशन

हिमालखबर

हुलाक सेवा विभागमा १३ कात्तिकमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले साहित्यकार डायमन शम्शेर राणा, कवि केवलपुरे किसान, राजनीतिज्ञ रुपचन्द्र विष्ट, फुटवल खेलाडी रुपकराज शर्मा, सङ्गीतकार रामशरण दर्नाल र धादिङको बत्सलादेवी भगवतीको आकृति अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् ।

साहित्यकार राणाको रु २०, संगीतकार दर्नाल र खेलाडी शर्माको रु १०, कवि किसानको रु ५, राजनीतिज्ञ विष्टको रु ५ र भगवती मन्दिरको रु १ को टिकट प्रकाशन गरिएका हुन् । १० लाखप्रति छापिएका सबै टिकटहरुको आकृति कलाकार पूर्णकला लिम्बूले तयार पारेकी हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले टिकट प्रकाशन भएका व्यक्तित्वहरु देशका गहना र सपूत भएको बताउँदै उनीहरुले पु¥याएकोे योगदानको कदर गरिएको बताए ।

उनले आफू मन्त्री भएपछि हुलाक टिकट प्रकाशनबारे नयाँ निर्देशिका जारी गरेको बताउँदै देहावसान भएको १० वर्षपछि मात्रै व्यक्तित्वको नाममा टिकट प्रकाशन गर्न पाइने निर्देशिकामा रहेको जानकारीे दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>