समाचारबुधबार, कार्तिक १३, २०७०
दैलेखमा एमाओवादीमाथि वैद्य माओवादीको आक्रमण
दैलेख निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको हुलाकडाँडामा एमाओवादीको चुनावी सभामा मोहन वैद्य नेतृत्वको माओवादीका कार्यकर्ताले आक्रमण गरी निर्वाचन सामाग्री लुटेका छन् ।
१३ कात्तिकमा वैद्य माओवादीका कार्यकर्तादले एमाओवादी सभामा चुनाव प्रचार सामग्री लुट्न खोज्दा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ। झडपका बेला उम्मेदवार थिरबहादुर कार्कीलाई कार्यकर्ताले जोगाएर नजिकैको घरमा सुरक्षित राखेका थिए ।
माओवादीले सभामा प्रयोग गरिएको माइक, तुल र प्रचार सामाग्री लुटेर लगेको एमाओवादीले जनाएको छ । सभा स्थलमा थोरै प्रहरी रहेकाले कुनै पनि आक्रमणकारीलाई पक्राउ परेनन् ।
घटनापछि नजिकैको राकमकर्णाली इलाका प्रहरीबाट थप प्रहरी परिचालन गरि २ घण्टा ढिलो एमाओवादी सभा सञ्चालन भएको छ।
