समाचारबिहीबार, कार्तिक १४, २०७०

कांग्रेस नेता पौडेलको गाडीमा बम आक्रमण

हिमालखबर

चुनावी कार्यक्रम सकेर तनहुँको राम्जाकोट–२ रुपटारमा स्थानीय गोविन्द गिरीको घरमा बास बसेका कांग्रेस नेता रामचन्द्र पौडेलले प्रयोग गरेको सवारी साधनमाथि १३ कात्तिक राति अपरिचित व्यक्तिहरुले पेट्रोल बम प्रहार गरेका छन् ।

राति १ बजे प्रहार गरिएको ४ वटा पेट्रोल बम आक्रमणबाट पार्किङ गरेको बा ६ च ७५५५ नम्बरको जीपको अगाडिका सिसा फुटेका छन् । करिब ४ जनाको संख्यामा आएको समूह बम प्रहार लगत्तै भागेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीले गरेको अनुसन्धानका क्रममा पड्कन थप ४ वटा बम फेला परेको र त्यसलाई नष्ट गरिएको तनहुँका प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले बताए ।

बम फालेर समूह भागेका कारण कुनै झडपको स्थिती नभएको र पौडेल सुरक्षित रहेको उनले जानकारी दिएका छन् ।
पौडेल केही दिनदेखि जिल्लाको दक्षिणी भेगमा चुनावी प्रचारमा सक्रिय छन् । उनी आज कोटदरबारको कार्यक्रममा सहभागी भएर दमौली फर्कने कार्यक्रम छ ।

चुनाव बहिष्कारमा सक्रिय नेकपा–माओवादीको प्रभाव बढी रहेको भिरकोटबाट नजिकै पर्ने क्षेत्रमा आक्रमण भएकाले यसमा माओवादीको संलग्नता भएको हुनसक्ने कांग्रेस कार्यकर्ताहरुको आशंका गरेका छन् । तर नेकपा–माओवादीका जिल्ला सेक्रेटरी अतिन्द्रकेशरी न्यौपानेले भने आक्रमणमा आफ्नो पार्टीको संलग्नता अस्वीकार गरे । “हामी शान्तिपूर्ण विरोधमा छौं । हामीबाट आक्रमण भएको हैन ,” उनले भने ।

पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>