समाचारबिहीबार, कार्तिक १४, २०७०

नेपाली कांग्रेसको सभामा एमाओवादी आक्रमण

हिमालखबर

१४ कात्तिकमा रुकुमको विजेश्वरी गाविस चौरजहारीमा नेपाली कांग्रेसको चुनावी सभामा एमाओवादी कार्यकर्ताले एक्कासी आक्रमण गरेपछि ४ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

आक्रमणपछि भएको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर समेत गरेको छ ।

रुकुम–२ का उम्मेदवार गोपालजी जंग शाहको चुनावी सभामा तरुण दलका जिल्ला सदस्य जनक बाठा मगरले सम्बोधन गरिरहेका बेला एमाओवादी कार्यकर्ताले ढुंगा प्रहार गर्नुका साथै घरेलु हतियारले आक्रमण गरेको नेपाली कांग्रेसका खड्ग धामीले बताएका छन् ।

क्षेत्र नं. २ मा एमाओवादी तर्फबाट उम्मेदवार जनार्दन शर्माले निर्वाचनमा पराजय भोग्ने डरले कांग्रेसको सभामा नियोजित तरिकाले आक्रमण गराइरहेको धामीले दाबी गरेका छन् ।

एमाओवादी कार्यकर्ताले हानेको ढुंगा लागेर एकजना प्रहरी जवान समेत घाइते भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि रुकुमको आठविसकोटमा एमाओवादीको आक्रमणबाट नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता घाइते भएका थिए ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>