समाचारबिहीबार, कार्तिक १४, २०७०

एमाओवादी उम्मेदवारको गाडीमा आगजनी

हिमालखबर

प्यूठानको विजुली–४ मा स्थानीय माओवादी कार्यकर्ताले सडकमा मुढा राखेर सडक अबरोध गरी गाडीमा भएका एमाओबादी कार्याकर्तालाइ बाहिर निकालेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगजनी रोक्न खोज्दा एमाओवादी मगरात राज्य समिति सदस्य राजेन्द्र पौडेल र कार्याकर्ता नुम बहादुर घर्ती घाईते भएको एमाओवादीले जानकारी दिएको छ । घाईते दुबै जनालाई एम्बुलेन्समा राखेर उपचारका लगि जिल्ला अस्पताल प्यूठान पुर्‍याइएको छ ।

बिजुली गाविसमा कार्यकर्ता लिन गएको एमाओवादी केन्द्रीय सदस्य नबराज सुवेदीले प्रयोग गरेको  भे १ च १४०५ नम्वरको बलेरो जीपमा माओवादी कार्यकर्ताले तोडफोड गरी आगजनी गरेको एमाओबादी जिल्ला नेता पुर्णचन्द्र सुबेदीले बताए ।

रस्पुरकोटमा चुनावीसभा गर्ने क्रममा कार्यकर्ता बोकेको गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेको उम्मेदवार नबराज सुवेदीले बताएका छन् । गाडी  पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार सुबेदी भने गाडीमा नभएकोले सकुसल छन् ।
नेकपा माओवादीले घटनाको विषयमा कुनै जानकारी नभएको र घटनाबारे बुझ्न थालेको नेकपा माओबादीका जिल्ला ईन्चार्ज हरी बहादुर केसीले बताए ।

प्रमोद पोख्रेल, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>