थप समाचारबिहीबार, कार्तिक १४, २०७०

युवासंघका धरान इञ्चार्जले बन्दुक पड्काए

हिमालखबर

प्रहरीले नियन्त्रणमा लिएको दिवस राइको जीप

संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुसँग विवाद भएपछि युवासंघ धरानका इञ्चार्ज दिवस राईले समाजवादी सुनसरी उपाध्यक्ष पारस काङमाङ राईको कञ्चटमा गोली ताकेपछि हवाई फाएर गरेको संघीय समाजवादी पार्टीले जनाएको छ ।

१४ कात्तिक विहान ६ वजे धरान ११ को शान्ति चौकमा युवासंघका धरान नगर ईन्चार्ज दिवस राईले कन्चटमा पेस्तोल तेर्सएको पारस काङमाङले वताए । उनका अनुसार गोली आकाशतर्फ फएर भएको थियो ।

स्थानीय केही युवालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउने क्रममा बढदै गएको विवादले उग्र रुप लिंदा गोली पडकिएको बुझिएको छ ।

घटनालगत्तै प्रहरी पुगे पनि गोली चलाईएको हो की होईन भनेर पुष्टी भईनसकेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी टेक वहादुर तामाङले जानकारी दिएका छन । घटना स्थलमा दुवै पार्टीका झन्डा जलाइएको छ ।

प्रहरीले युवासंघका कार्यकर्ताहरुले प्रयोग गरेको वा १ च ९७४५ नं जीप नियन्त्रणमा लिएको छ ।

संघीय समाजवादीका पारस र मदन तामाङले दिवस राईका विरुद्ध ज्यान मार्ने उद्योग तथा अवैध हात हतियारको छानविनको माग गदै इलाका प्रहरी कार्यलय धरानमा जाहेरी दिएका छन ।

सीता मादेम्बा, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>