समाचारशुक्रबार, कार्तिक १५, २०७०

राष्ट्रिय नेता बन्ने दाहालको दाबी

हिमालखबर

अघिल्लो संविधानसभा निर्वाचनमा आफूलाई देशको राष्ट्रपतिको दावेदार बनाएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यसपटक फेरि आफू राष्ट्रकै नेता हुन चाहेको बताएका छन् ।

चुनावी प्रचारका लागि १५ कात्तिकमा तनहुँ आएका दाहालले दमौलीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका जनताले आफ्नो पार्टीप्रति विश्वास गरेको देखिएको र आफू राष्ट्रिय नेताका रुपमा स्थापित हुने दावी गरे ।
एकपटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरिसकेको दाहालले भने, “मेचीदेखि महाकालीसम्मका जनताले हाम्रो पार्टीप्रति विश्वास गरेका छन्, अब जनताले एमाओवादीलाई नेतृत्वमा हेर्न चाहेको छ ।”

समतामुलक आर्थिक समृद्धिका लागि एमाओवादीले देशको नेतृत्व गनुपर्छ भन्ने जनताको चाहना रहेको भन्दै उनले त्यसको अध्यक्षको हैसियतले आफूलाई जिम्मेवारी दिन जनता

दाहालको तनहुँ र लगत्तै गोरखामा तय भएको कार्यक्रम विथोल्नका लागि नेकपा–माओवादीले आह्वान गरेको यातायात बन्दका बावजुद कडा सुरक्षाबीच उनी तनहुँ आएका थिए ।

जिल्लाको बेलचौतारा, दमौली, डुम्रे र आँबुखैरेनीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाएका दाहाललाई रोक्ने एमाओवादीका कार्यकर्ताहरु सडकमा निस्कन भने सकेनन् । दाहालको सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीले राजमार्ग क्षेत्रभर कडा पहरा दिएको थियो ।

‘वर्दिधारीको नेता’
नेकपा–माओवादीले दाहाललाई ‘जनताको होइन वर्दीधारीको नेता’ भएको बताएको छ ।

आफूलाई ‘जननेता’ भनाउन रुचाउने दाहाल वर्दिधारी सुरक्षाकर्मीको हुल बाँधेर जिल्लामा आउनुले उनी सैनिकिकरणतर्फ जान लागेको पुष्टि भएको नेकपा–माओवादीका जिल्ला सेक्रेटरी अतिन्द्रकेशरी न्यौपानेले बताए ।

तनहुँमा दाहालको कार्यक्रम सकिएसंगै यातायात बन्द पनि फिर्ता भएको माओवादीले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>