थप समाचारशुक्रबार, कार्तिक १५, २०७०
कावासोतीमा ट्रकमा आगजनी
नवलपरासीको कावासोतीमा चार जनाको समूहमा आएको समूहले राजमार्गमा गुडिरहेको ना २ ख ९८७२ नम्वरको ट्रकलाई रोकेर पेट्रोल छर्की आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्रकमा आगो लगाएपछि उक्त समूह फरार भएको थियो । आगो ईप्रका नवलपुरको प्रहरीटोली, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निभाईएको थियो ।
चुनाव वहिस्कारमा लागेको बैद्य माओवादीले नारायणी पश्चिमका ३२ जिल्ला बन्द गरेका बेला नवलपरासीमा छिटपुट सवारी साधन चलेका छन् ।
विद्रोही गिरी, नवलपरासी
