समाचारशुक्रबार, कार्तिक १५, २०७०

हिंसाले निर्वाचन रोक्न सक्दैनः विजुक्छे

हिमालखबर

जहाँ पनि निर्वाचनका बेला छिटपुट अप्रिय घटना हुने भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान विजुक्छेले त्यस्ता घटनाले ४ मंसीरका लागि निर्धारित निर्वाचनमा फरक नपार्ने बताएका छन् ।

‘बैदेशिक हस्तक्षेपविरुद्ध जनचेतना अभियान’को क्रममा पाल्पा आएका बिजुक्छेले १५ कात्तिक बिहान तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जहा निर्बाचन बिथोलिन्छ, वा उम्मेद्धार मारिन्छन् त्याहा अर्को पटक चुनाब गर्न सकिने भन्दै आगामी निर्वाचन कुनै हालतमा रोकिन नहुने धारणा राखे ।

निर्वाचनमा भाग नलिई बम पड्काउँदै हिंडने समूहलाई यति सिट दिन्छौं भन्ने ठूला दलको भनाई आपत्तिजनक भएको भन्दै विजुक्छेले असन्तुष्तहरुको आवाजलाई बेग्लै तरिकाले सम्बोधन गरिनुपर्ने बताए ।

उनले नेकपा माओवादीले निर्वाचनमा भाग नलिए पनि मतदान गर्ने नागरिकको अधिकारमा हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।

एमाओवादी र मधेश केन्द्रित दलहरुले जातीय राज्यको नाउँमा मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउदै उनले विकेन्द्रिकरणले नै सबैको अधिकार सुनिश्चत हुने दाबी गरेका थिए ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>