समाचारशुक्रबार, कार्तिक १५, २०७०
कालीनदी थुनियो
विहान ७ बजे गएको पहिरोले स्याङ्गजाको आलमदेबी र बिर्घाको बिचमा काली नदी थुनिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।
तालमा परिणत भएको कालिगण्डकी एक्कासी फुटेमा नदी किनारका स्याङ्जा, पाल्पा र गुल्मीका विभिन्न गाविसमा ठूलो क्षति हुनसक्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।
पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको र जुन सुकै बेला खतरा उत्पन्न हुन सक्ने स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालिगण्डकी थुनिएको ठाँउतर्फ गइसकेको स्याङजाका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले जानकारी दिए ।
गुल्मी अस्लेवाका शेर बहादुर कुँवरका अनुसार एक्कासी झरेको ठुलो पहिरोले नदी रोकिंदा ठुलो ताल बनेको छ । पहिरो संगै ठुला ठुला ढुङ्गाहरु पनि नदीमा खसेका छन् ।
पहिरोले थुनिएको ताल दिउसो १ बजे बाट गुल्मी ठूलो लुम्पेकको भाग बाट बिस्तारै बग्न थालेको बताईएको छ ।
देब पचभैया, पाल्पा
