समाचारशनिबार, कार्तिक १६, २०७०

ढुंगेलविरुद्धको उजुरीमा छानविन शुरु

हिमालखबर

बालकृष्ण ढुंगेल

समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवारी दिएका करीब ११ हजार उम्मेदवार मध्ये ज्यान मुद्दामा दोषी ठहर एकीकृत माओवादीका बालकृष्ण ढुंगेल सहित ७ जनाको योग्यतामाथि परेको उजुरीको निर्वाचन आयोगले छानविन थालेको छ।

समानुपातिक तर्फ उम्मेदवारी दिएका १२२ वटा दलहरु मध्ये ३ वटा दलका ७ जना उम्मेदवारहरु विरुद्ध निर्वाचन आयोगमा परेका उजुरीहरुको छानविन थालेको अधिकारीहरुले बताएका छन्।

त्यसरी उजुरी गर्न १३ कात्तिकसम्मको समय दिइएको थियो।

दावी विरोध
सर्वोच्च अदालतबाट ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेल सहित एकीकृत नेकपा माओवादीका ५ जना विरुद्ध निवेदन परेको छ।

एकीकृत माओवादीका बाँकी ४ जनामाथि चाहीं लाभको पदमा रहेको र दोहोरो सुविधा लिइरहेकोले उम्मेदवार हुन अयोग्य भएको भन्ने दावी गर्दै निवेदन दिइएको छ।

आयोगमा उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदन पर्नेमा अन्य दुई साना पार्टीका एक,एक जना उम्मेदवार छन्।

ती मध्ये समाजवादी जनता पार्टीका एक जना र लिग नेपाल शान्ति एकता पार्टीका एक जना छन्।

दावी गरिए अनुसार छानविनले प्रमाणित गरेमा, उनीहरुको उम्मेदवारी खारेज हुने आयुक्त अयोधी प्रसाद यादवले बताए।
उनले भने, “छानविनमा अयोग्य ठहरीयो भने उम्मेदवारी रद्द हुन्छ। त्यसरी रद्द भएको ठाउँमा दलहरुले अरु नाम थप्न पाउँदैनन्।”

उम्मेदवारको योग्यतामा प्रश्न उठाएर दावी विरोध गर्दै दिइएको निवेदन उपर कारबाही गरेर कार्तिक २१ गते बन्द सूचीबाट नाम हटेको सूचना प्रकाशित गर्ने आयोगले जनाएको छ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>