समाचारशनिबार, कार्तिक १६, २०७०

हार्ने डरले एमाओवादी षडयन्त्र गर्दैछः नेता नेपाल

हिमालखबर

काठमाडौं निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले नर्वाचनमा पराजित हुने संभावना देखेपछि निर्वाचन सार्ने षडयन्त्र गर्न लागेको आरोप लगाएका छन् ।

१६ कात्तिकमा काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले भने, “हार्छु भन्ने ठानेर कसैले पनि चुनाव सार्ने दाउपेच नगरुन्, हालत खस्किन्छ कि भन्ने ठानेर पनि कसैले यो बाहनाबाजी नगरुन् ।”

४ मंसीरकालागि निर्धारित निर्वाचन कुनै हालतमा पनि नसर्ने भन्दै नेपालले ‘कसैको इच्छा पूरा गर्नका लागि देशलाई थप संकटमा पर्न नदिने’ बताए ।

उनले संविधानसभा निर्वाचनपछि एक वर्षभित्रै संविधान जारी गर्ने दलहरुबीच भएको सहमतिबाट कुनै दल पछि हटे त्यस्ता दललाई जनताबीच ‘नांगेझार’ पार्ने पनि चेतावनी दिएका छन् ।

उनले भने, “एक वर्षभित्र संविधान घोषणा हुन नसके जनमतसंग्रह गरेर भए पनि संविधान जारी गर्ने सहमती भएको छ तर, कुनै दल हारको मानसिकताले चुनावै नगराउने षड्यन्त्रमा लाग्छन् भन्ने अब जनताले नै नांगेझार बनाउनेछन् ।”

उनले निर्वाचन अभियानमा बाधा–अवरोध नगर्न आग्रह गर्दै संविधान निर्माणमा नेकपा–माओवादीको पनि भूमिका आवश्यक हुने बताए ।

एमालेको पक्षमा देशभर जनलहर देखिएपछि केही दल र समूहले निर्वाचन बिथोल्न षड्यन्त्र शुरु गरेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>