समाचारशनिबार, कार्तिक १६, २०७०
माओवादीको संघीयताबाट खस आर्य आत्तिनु पर्दैनः भट्टराई
झापाको बनियानीमा १६ कात्तिकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले संघीयताको मोडेल नाम मात्रको जातीय हुने बताए । प्रदेशको नाम जे भए पनि संघीय राज्यमा अरु जातीको पनि हक सुरक्षीत हुने उनको दाबी थियो । एमाओवादी घोषणापत्रमा लिम्बुवान, मगरात, ताम्सालिङ, किराँत, सेती–महाकालीलगायत ११ प्रदेश प्रस्ताव गरिएको छ ।
कार्यक्रममा भट्टराइले जातको नाममा प्रदेश बनाउन संविधानसभामा दुई तिहाई बहुमत चाहिएको बताए । माओवादीले चुनाव जितेमा ६५ बर्षका सबैलाई महिनाको कम्तिमा दुई हजार रुपैयाँ भत्ता दिने आश्वासन दिए ।
गोपाल गडतौला, झापा
