समाचारशनिबार, कार्तिक १६, २०७०
पटाका पड्काउनेका अभिभावकलाई कारबाही हुने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुलुकभरका सबै प्रहरी कार्यालयलाई तिहारको समयमा पटका, आतसबाजी तथा भूइँचम्पा पड्काउनेहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले विस्फोटक पदार्थ पड्काउने, व्यापार व्यवसाय गर्ने, बालबच्चाले पड्काएमा तिनका अभिभावकलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।
यसअघि विस्फोटक पदार्थको व्यापार–व्यवसाय गर्नेहरूलाई मात्रै कारबाही हुँदै आएकामा यस पटकदेखि पड्काउने, पड्काउन अभिप्रेरित गर्ने अभिभावकलाई समेत कारबाही गर्न निर्देशन दिइएको हो ।
विस्फोटक पदार्थ पड्काउँदा आँखाको ज्योति गुम्ने, कान नसुन्ने हुने, सामाजिक सद्भाव बिग्रनेलगायतका समस्याहरू आउने भन्दै त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्न लागिएको सचिव बाँस्कोटाले बताएका छन् ।
रासस
