समाचारआइतबार, कार्तिक १७, २०७०

आज लक्ष्मीपूजा, महाकविको जन्मजयन्ती पनि आजै

हिमालखबर

आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन् भत्रे धार्मिक विश्वासका आधारमा धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा चलेको हो । गाईलाई लक्ष्मीको प्रतिक मानेर यसै दिन गाई पूजा पनि गरिन्छ।

कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि लक्ष्मीपूजाले दिन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने चलन चलेको पनि भनाई छ ।

आज साँझ दीपावली गरिसकेपछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिन्छ ।

आज साँझ कन्याहरू विभिन्न समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

महाकवी देवकोटाको जन्मजयन्ती
बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभित्र कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

साहित्यमा स्वच्छन्दतावाद रुचाउने महाकविलाई पछिल्लो पुस्ताले आधुनिक कविका रूपमा मान्छन् । उनको पहिलो प्रकाशित कविता सङ्ग्रह पहाडी पुकार हो ।

देवकोटाको पछिल्लो प्रकाशित कृति ‘नागरिक शास्त्र’ विसं.२००८ लेखिएको भए पनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको हो ।

देवकोटाले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन् ।

देवकोटाले तीन महिनामा ‘शाकुन्तल’ १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए । दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बिएल र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए ।

देवकोटाको निधन २९ भदौ २०१६ मा भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>