थप समाचारआइतबार, कार्तिक १७, २०७०

पाँच वर्षपछि फुल्यो सयपत्री

हिमालखबर

विगतका चार वटा तिहारमा सयपत्री फूल नहुँदा भाइटीकाको दिन सयपत्रीको माला लगाउन नपाएका सोलुखुम्बुवासीले यस वर्षको तिहारमा सयपत्रीको फूलको मालाले घरका झ्याल ढोकामा समेत झकिझकाउ बनाउन पाएका छन् ।

सयपत्री फूलको बोट कुहिने रोगका कारण बितेका चार वर्षसम्म जिल्लाभर सयपत्री फुलेन । सल्लेरीस्थित साप्ताहिक हाटमा फूल बेच्दै गरेका गोपाल सुनुवार भन्छन, “बितेका चार वर्ष एक थुङ्गा फूल फुलेन, यो वर्ष त आफूले प्रयोग गर्नेमात्र हैन बेचेर पनि नसकिनेगरी फुलेको छ ।”

फूलको अभावमा गएका तिहारमा घरका झ्यालढोका सजाउनका लागि प्लास्टिकको फूलको व्यापार फस्टाएको थियो । तर यस वर्ष भने सयपत्री फूल पाएपछि ग्राहकको रोजाइमा प्लास्टिकको फूल कम परेको छ । सल्लेरीमा प्लास्टिकका फूल बेच्दै आएका राम दास पोहोरको जस्तो ठानेर प्लास्टिकका फूल धेरै ल्याए पनि नबिेको बताउँछन् ।

फूल किन्दै गर्दा सल्लेरीकी शान्ति घिमिरेले भनिन्, “पोहोरको तिहारमा त एक थुङ्गा सयपत्रीलाई रु १०० तिर्छुभन्दा पनि पाइएको थिएन, भाइलाई अरू नै फूल लगाइदिएकी थिएँ, यो वर्ष त चाहेजति फूल पाइएको छ ।”

फूल बेच्दै गरेका मुक्लिका बिरामसिंह राईले भने, “सयपत्रीको बिरुवा नै कुहिएर अब सबैतिरबाट लोप हुन्छ कि जस्तो लागेको थियो, तर यो वर्ष त अहिलेसम्म नदेखेको गरी सयपत्री फुलेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>