समाचारआइतबार, आषाढ २४, २०६९
प्रधानमन्त्री र बिजुक्छेबीच भेटवार्ता
बिजुक्छे निवास भक्तपुरमा २४ असार बिहान प्रधानमन्त्री भट्टर्राई र बिजुक्छेबीच करिब ४० मिनेट कुराकानी भएको हो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टर्राईले बिजुक्छे अनुभवी नेता भएकाले वर्तमान राजनीतिक समस्याबारे निकासका लागि रायसुझाव लिन आएको बताए ।
भेटमा नेता बिजुक्छेले मुख्य दलहरू मात्र बसेर निर्णय गर्ने र अरू दलको उपेक्षा गर्ने कार्य नगरी सबै दलका नेतालाई बोलाएर रायसुझाव लिई अगाडि बढ्न र बजेटसमेत सहमतिमै ल्याउन सुझाव दिएको उल्लेख गरे । मलको अभावले कृषक मारमा परेकाले भारतसँग मात्र नभई अन्य देशहरूसँग पनि मल आयात गर्न सरकारले प्रक्रिया अगाडि बढाउनुपर्ने र शिक्षामा विदेशी हस्तक्षेपलाई रोक्नुपर्ने सुझावसमेत आफूले प्रधानमन्त्रीलाई दिएको उनले बताए ।
बजेट कसरी आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले भने, ‘बजेट आउँछ, यसमा कुनै दुविधा छैन, दलका नेताहरूसँग छलफल सुरु गरेको छु, तर्सथ अब सहमतिमै बजेट आउँछ ।’ रासस
