समाचारसोमबार, कार्तिक १८, २०७०
दियो सल्किँदा घर जल्यो
स्याङ्जाको बानेथोक देउराली गाविस–७ सामदी खोला निवासी ऋषिराम काफ्लेको घर लक्ष्मीपूजाको साँझ बालिएको दियोबाट आगो सल्कँदा जलेर नष्ट भएको छ ।
ढुङ्गा, माटो र टिनद्वारा बनाइएको तीनतले घर सबै नष्ट भएको स्थानीयवासी यज्ञपुरुष रिजालले जानकारी दिए । आगलागीबाट घरभित्र राखिएका अन्नपात, कपडा, नगद सबै जलेर नष्ट हुँदा लाखौँ मूल्यबराबरको क्षति पुगेको बताइएको छ ।
स्थानीयवासीको सहयोगमा तीन घन्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आठ सदस्य रहेको काफ्लेको परिवार अहिलेको छिमेकीको घरको शरण लिएर बसेका छन् ।
रासस
