थप समाचारसोमबार, कार्तिक १८, २०७०
उदयपुरमा आगलागीबाट १४ घरगोठ नष्ट
१७ कात्तिक राति उदयपुरको भट्टार– ३ रामुटारमा आगलागी हुँदा १४ वटा घर गोठ जलेर ध्वस्त भएका छन् ।
स्थानीय अमरबहादुर मगर, हितबहादुर मगर, कुमार मगर, ध्वजवीर मगर र चक्रबहादुर मगरको घर पूर्णरुपले नष्ट भएको उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले जानकारी दिए ।
त्यस्तै आगलागीबाट अमृत मगर, मैना मगर, बबिन्द्र मगर लगायतका गोठ जलेका छन । राति ८ बजेदेखि एक्कासी शुरु भएको आगलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।
